३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024


ज्येष्ठ नागरिकलाई हवाई सेवाप्रदायकले सहयोग गर्ने विश्वास


0
Shares

काठमाडौं, भदौ १४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संविधानको सम्मानका लागि पनि ज्येष्ठ नागरिकलाई हवाई सेवाप्रदायकले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले संघले आफ्नो कार्ययोजनाप्रति तत्काल टिप्पणी गरेकामा भने दुःख व्यक्त गरे ।

शनिबार वायुसेवा सन्चालक संघको १९औं वार्षिक साधारणसभामा मन्त्री भट्टराईले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने आफ्नो योजना कार्यान्वयनका लागि संघसँग मिलेर अगाडि बढ्ने बताए ।

त्यसका लागि वायुसेवा सन्चालकलाई सहयोग गर्न सरकार पूर्ण तयार रहेको उनले बताए ।

संघले पनि सरकारसँग मिलेर छलफलका माध्यमबाटै अगाडि बढ्ने जनाएको छ ।

संघका नवनिर्वाचित अध्यक्ष क्याप्टेन रामेश्वर थापाले छलफलको ढोका बन्द नभएकाले मिलेरै अगाडि बढ्नुपर्ने बताए ।

संघका निवर्तमान अध्यक्ष पवित्र कार्कीले ‘ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने विषयमा कार्ययोजना सार्वजनिकअगावै छलफल गर्न पाएको भए सहज हुने थियो’–भने ।

उनले पर्यटन वर्षलाई सफल बनाउन पूर्ण सहयोग गर्ने पनि बताए ।

संघको साधारणसभाले क्याप्टेन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।