Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


लड्डु कांग्रेसका कारण हामीमाथि प्रश्न उठ्यो– नेता थापा


0
Shares

रोमन आचार्य
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले केही लड्डु कांग्रेसका कारण आफूहरूमाथि प्रश्न उठेको बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार कांग्रेसले काठमाडौंमा गरेको विरोधसभामा थापाले भने ‘संविधानमा प्रहार गरेर प्रधानमन्त्री ओली अधिनायक हुँदै छन् । तर, केही लड्डु कांग्रेसहरू त्यसका पक्षमा उभिँदै छन् ।’ थापाले भन्नुभयो, ‘त्यसका कारण आफूहरूमाथि पनि प्रश्न उठेको छ ।’

नेता थापाले प्रधानमन्त्रीको सेटिङमा राज्य चलाउँछ भन्दा मुद्दा लाग्छ भने सबैलाई मानहानीको मुद्दा लाग्नुपर्ने बताउनुभयो । ‘अदालतले गलत निर्णय गर्दैन भन्ने विश्वास छ’, उहाँले भन्नुभयो, ‘अदालतले लेखेको कुरा व्याख्या गर्ने हो, नेपालमा प्रधानमन्त्रीले सेटिङ्गमा राज्य चलाउँछ भन्दा मान हानीको मुद्दा लाग्छ भने सबैलाई मुद्दा लगाइयोस् श्रीमान् ।’

३० वर्ष दरबारले एकल शासन चलाए पनि जनताको जीवन उस्तै भएकाले राज आउ देश बचाउका नारा लगाउनु बेकार भएको उहाँको टिप्पणी छ । २०४६ पछि नेपाली कांग्रेस पनि चुकेको स्वीकार गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै नेता थापाले शास्त्र पढेकाले अस्त्र पढ्न नजानेर बनेको जग भत्काउन थालेको बताउनुभयो । नेपाली जनताले ओलीलाई आफ्नो सनकका कारण देशलाई दुर्घटनामा पु¥याउने पात्रको रुपमा चिन्ने उहाँको भनाइ छ । ‘इतिहासमा ओलीको नाम नेपाली जनताको अधिकार सिध्याउच खोज्ने शासकको रूपमा भेटिनेछ ।’ उहाँले भन्नुभयो ।

नेता थापाले विघटनको प्रस्ताव सदर भए लोकतान्त्रमा जनमतको मा ठूलो अपमान हुने बताउनुभयो ।