Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


‘सामाजिक सन्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा नयाँ चुनौती’


0
Shares

काठमाडौं, भदौ १४ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले सामाजिक सन्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा नयाँ चुनौती थपेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २०औं वार्षिक साधारणसभा एवं अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले सामाजिक सन्जालमा आएका सूचनालाई नै समाचार मान्ने प्रवृत्ति बढ्दै जाँदा सन्चार क्षेत्रको सही भूमिका छायामा पर्ने बताए ।

गभर्नर डा. नेपालले सरकारको नीतिमा परिवर्तन आउनेखालका समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

अधिवेशनले आगामी दुई वर्षका लागि सेजनको नयाँ नेतृत्व चयन गर्नेछ । ११ सदस्यीय कार्यसमितिका लागि अहिले निर्वाचन भइरहेको छ ।

कोषाध्यक्षमा इमेजकर्मी हिमाल पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

Skip This