२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नेप्से दोेहोरो अंकले झर्‍यो


0
Shares

काठमाडौं, साउन ६ । आइतबार पुँजीबजारमा दोहोरो अंकको गिरावट आयो । यसदिन नेप्से ११ अंकले झरेर ११ सय ८१ विन्दुमा आए थामियोे ।

वित्त समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से दोहोरो अंकले ओर्लिएको हो ।

यसदिन कारोबार रकममा पनि गिरावट आयो । १६३ कम्पनीका ६ लाख ६१ हजार कित्ता सेयर जम्मा २१ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको  छ ।

यसैबीच, नेपाल स्टक एक्सचेन्जले पूर्णस्वचालित अनलाइन कारोबारका लागि लगानीकर्तालाई ब्रोकर कार्यालयमा गएर व्यक्तिगत विवरण अध्यावधिक गर्न निर्देशन दिएको छ ।

नेप्सेले आइतबारसम्म ५० वटै ब्रोकर कार्यालय दलाल व्यवसायीहरुको प्रणाली (ट्रेड म्यानेजमेन्ट सिस्टम)सँग आवद्धता भएको भन्दै अब सम्पूर्ण ब्रोकरले लगानीकर्तालाई युजर नेम र पासवर्ड प्रदान गर्नसक्ने भएका छन् ।

पछिल्लो चरणमा व्यक्तिगत विवरण अध्यावधिक नगर्ने लगानीकर्तालाई यस्तो सुविधा लिन नेप्सेले आग्रह गरेको छ ।