राष्ट्रिय महिला लिग : रुथको दोहोरो ह्याट्रिकमा वालिङ १०–० ले विजयी • Image Khabar Image Khabar


राष्ट्रिय महिला लिग : रुथको दोहोरो ह्याट्रिकमा वालिङ १०–० ले विजयी


Imagekhabar
१५ माघ २०७७, बिहीबार १४:५७

राष्ट्रिय महिला लिग : रुथको दोहोरो ह्याट्रिकमा वालिङ १०–० ले विजयी

काठमाडौैं । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत बिहीबारको पहिलो खेलमा वाालिङ नगरपालिकाले चौन्दण्डीगढी नगरपालिकालाई १०–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङले पहिलो हाफमा चार गोल र दोस्रो हाफमा थप ६ गोल गरेको हो । वालिङको जितमा विदेशी खेलाडी मिथो रुथले दोहोरो ह्याट्रिक गरिन् । उनले सातौं, नवौं, १९औं, ६३औं, ७१औं र इन्जुरी समयमा गोल गरिन् ।

यस्तै सम्झना शर्माले दुई गोल गर्दा मनमाया दमाई र टौटा ओरेनला नोईलीले एक–एक गोल गरे । मनमायाले ३३ औं र टौटाले ४९ औं मिनेटमा गोल गरे । खेलको ८० औं मिनेटमा मैदान प्रवेश गरेकी सम्झनाले ८० औं र ८१ औं मिनेटमा गोल गरिन् ।

दोहोरो ह्याट्रिक गरेकी वालिङकी रुथ प्लेयर अफ द म्याच घोषित भइन् । जारी सिजनमा दोहोरो ह्याट्रिक गर्ने रुथ पहिलो खेलाडी हुन् । जितसँगै वालिङले तीन खेलबाट ५ अंक जोडेको छ । चौदण्डीगढी अहिलेसम्म अंकविहीन छ ।

प्रतिक्रिया दिनुहोस्