कुसुमको ह्याट्रिकसँगै राष्ट्रिय महिला लिगमा विराटनगरको फराकिलाे जित • Image Khabar Image Khabar


कुसुमको ह्याट्रिकसँगै राष्ट्रिय महिला लिगमा विराटनगरको फराकिलाे जित


Imagekhabar
१४ माघ २०७७, बुधबार १७:१३

कुसुमको ह्याट्रिकसँगै राष्ट्रिय महिला लिगमा विराटनगरको फराकिलाे जित

काठमाडौं । विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित हासिल गरेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै विराटनगरले पहिलो जित निकालेको हो ।

कुसुम खड्काले ह्याट्रिक गरेको खेलमा अनु राई र सरिता शेर्पाले एक एक गोल गरिन् ।

कुसुमको ह्याट्रिकसँगै राष्ट्रिय महिला लिगमा विराटनगरको फराकिलाे जित
तस्वीर– एन्फा

यो जितसँगै विराटनगरले ३ खेलमा ४ अंक जोडेको छ । यसअघि वालिङ नगरपालिकासँग १–१ गोलको बराबरी खेलेको विराटनगर सशस्त्र प्रहरीको एपीएफसँग भने ७–० ले पराजित भएको थियो ।

दोस्रो हार भोगेको चन्द्रपुरले यसअघि उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७–१ ले हराउँदा सशस्त्र प्रहरीसँग ६–० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्