१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


सर्पदंश उपचार केन्द्रमा तोडफोडपछि बिग्रिएको भेन्टिलेटर र आइसीयू अझै सञ्चालन हुन सकेन


0
Shares

सर्लाही, भदौ १३ । सर्लाहीको नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा तोडफोडपछि बिग्रिएको भेन्टिलेटर र आइसीयू सञ्चालनमा नआउँदा सेवाग्राही समस्यामा परेका छन् ।

केही महिनाअघि उपचारका लागि ल्याइएकी बालिकाको मृत्यु भएपछि आक्रोशित आफन्तले उपचार केन्द्रको अति संवेदनशील उपकरणमा क्षति पुर्‍याएका थिए । त्यसपछि केही दिन बन्द रहेको उपचार केन्द्रमा हाल प्राथमिक सेवामात्रै सञ्चालनमा छ ।

बिरामीको चाप भएको समयमा भेन्टिलेटर र आइसियु नहुँदा बिरामी समस्यामा परेका छन् । क्षति पुगेको उपकरण मर्मत सम्भारका लागि साढे ५ लाख रुपैयाँ लाग्ने बताइएको छ । तर, आवश्यक रकम नभएकाले मर्मत गर्न नसकेको सर्पदंश उपचार केन्द्रले जनाएको छ ।