Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


पुनः श्रम स्वीकृति कूटनीतिक नियोगबाटै


0
Shares

काठमाडौं, भदौ १२ । वैदेशिक रोजगार विभागले भदौ १ गतेबाट लागू हुनेगरी वैदेशिक रोजगार पाँचौं संशोधन नियामवली २०७६ मा वैदेशिक रोजगारीमा जाने कुनैपनि रोजगारदाताले सोही देशमा रहेको कूटनीतिक नियोेगबाटै श्रम स्वीकृति प्राप्त गर्नसक्ने व्यवस्था गरेको छ ।

यस व्यवस्थाअनुसार कुनैपनि देशमा रहेका नेपाली कामदारले नेपाल नआइ पनि सोझै त्यहाँस्थित नेपाली दूतावास, स्थायी नियोग, विशेष नियोग वा कूटनीतिक कार्यसम्पादन गर्न नेपाल सरकारले स्थापना गरेको कुनैपनि नियोगबाट श्रम स्वीकृति प्राप्त गर्नसक्ने व्यवस्था गरिएको हो ।

अब छिट्टै नै यो व्यवस्था कार्यान्वयनमा ल्याइने पनि विभागले जनाएको छ ।

विभागका महानिर्देशक भिष्मकुमार भुसालले यो व्यवस्थाले वैदेशिक रोजगारीमा जानेहरुलाइ थप सहज हुने बताए ।

यस्तै, विभागले वैदेशिक रोजगारीमा जानेहरुका लागि बैंक खाता पनि अनिवार्य गरेको जनाएको छ ।

कामदारको सुरक्षा हितका लागि बैंक खाता अनिवार्य गरिएको भुसालको भनाइ छ ।

विभागले गएको वैशाखयतामात्रै ३७ ओटा मेनपावर कम्पनीमा अनुगमन गरी १७ लाख रुपैयाँ असुल गरिसकेको पनि जनाएको छ ।

विभागले अनुगमनसँगै मेनपावर कम्पनीहरुलाई ‘मर्जर’को प्रक्रियामा पनि ल्याइरहेको पनि जनाएको छ ।

Skip This