२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024


‘पर्यटन वर्ष सफल बनाउन सबै राजनीतिक दलहरु एक भएर लाग्नुपर्छ’


0
Shares

नवलपुर, भदौ १२ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले पर्यटन वर्ष २०२० सफल बनाउन सबै राजनीतिक दलहरु एक भएर पर्यटन विकासमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार नवलपुरको रुद्रपुरगढीमा लालीगुँरास संरक्षण एवं पर्यटकीय क्षेत्र घोषणा तथा एकीकृत नमुना बस्तीको शिलान्यास गर्दै मन्त्री भट्टराईले पर्यटन पूर्वाधारको विकासका लागि एक्लो प्रयास सफल नहुने बताए ।

नेकपा र नेपाली कांग्रेस दुई पार्टीले पर्यटनसहित अन्य पूर्वाधारमा सहमति गरी विकास गर्नुपर्ने उनको भनाइ थियो ।

नवलपुरको विकट क्षेत्रलाई पर्यटन क्षेत्रकारुपमा अगाडि बढाउन पहिलो चरणमा हुप्सेकोटलाई पर्यटन क्षेत्र घोषणा गरिएको हो ।

हुप्सेकोट गाउँपालिकाले पाँच हजार लालीगुराँँस लगाइ लालीगुराँस संरक्षणसँगै पर्यटन क्षेत्रको विकास गर्ने उक्त योजना अघि सारेको गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले जानकारी गराइन् ।