Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


भन्दै नभनेको कुरा प्रचार गरिएकामा वाग्लेको आपत्ति, नागरिक आन्दोलनलाई विकर्षित गर्न खोजेको आशंका


0
Shares

narayan wagle journalist

काठमाडौं, माघ १३ । प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत लेखक, पत्रकार एवं अभियन्ता नारायण वाग्लेले आफूले भन्दै नभनेको कुरा प्रचार गरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

सोमबार बालुवाटारमा विरोध प्रदर्शनपछि दिइएको मन्तव्यलाई तोडमरोड गरी प्रचार गरिएको भन्दै उहाँले भन्नुभयो, ‘नागरिक आन्दोलनलाई विकर्षित गर्न यस्तो चाल सुरू भएको हो ।’

पत्रकार वाग्लेले ट्वीट गर्दै भन्नुभएको छ, ‘मैले भन्दै नभनेको कुरा राखेर यसरी दुष्प्रचार गर्ने को हो ? किन ? नागरिक आन्दोलनलाई विकर्षित गर्न सुरू भएको यो चालबाट सावधान रहनु होला है !’

वाग्लेको फोटो राखेर प्रचारमा ल्याइएको ट्वीटमा लेखिएको छ, ‘संविधानमा धर्म निरपेक्षता लेखिएको छ । त्यसैले मन्दिर बनाउने पूजा गर्ने काम बन्द हुनुपर्छ । धर्म निरपेक्षताका लागि मन्दिरहरू भत्काउनुपर्छ । पूजापाठ बन्द गर्नुपर्छ ।’

वाग्लेका अनुसार सोमबार दिएको मन्तव्य भने यस्तो उल्लेख छ, ‘बालुवाटारमा बसेकोले पहिला देशभर मन्दिर बनाउँछु भन्दै हिँडे । अहिले पूजा आरती गर्दै हिँड्दैछन् । संविधानमा धर्मनिरपेक्षता लेखिएको तर ओलीले त्यही संघीयता र धर्मनिरपेक्षता खलबल्याउन चाहेका हुन् ।’