२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


फरक फरक उड्ने कार : एकबाट अर्को छतमा जाने देखि क्वाडकोप्टर सम्म


0
Shares

काठमाडौं । निर्माताहरुका लागि उड्ने कार निर्माण गर्नु एक सपना थियो । यद्यपि कैयौ कम्पनीहरु उड्ने कारका लागि काम गरिरहेका छन् । जनरल मोटर्स, उबर, टोयोटा र हुन्डाई जस्ता कम्पनीले उड्ने कार निर्माण गर्ने दिशामा तीव्र गतिमा सक्रिय रहेका छन् ।

जनरल मोटर्सले कन्ज्यूमर इलेक्ट्रोनिक्स शो (सीईएस) २०२१ मा विना ड्राइभर उड्ने र ल्यान्ड हुने कार प्रदर्शन गरेको थियो । भविष्यको आवश्यकतालाई देखेर कम्पनीले यस्तो कन्सेप्ट प्रस्तुत गरेको थियो । सो कन्सेप्ट कारको नाम क्याडिलाक हो । सो कार विना ड्राइभर यात्रीलाई एक ठाउँबाट अर्काे ठाउँमा लैजाने क्षमताको रहेको छ । कोरोना महामारीको कारणले यो वर्ष सीईएसको आयोजना भर्चुअल रुपमा भएको थियो ।

जनरल मोटर्सका अनुसार सो कारमा एक यात्रीले यात्रा गर्न सक्छन् । यसको लागि जमिनबाट सिधा उड्न सकिने र एक छतबाट अर्काे छतमा ल्यान्ड गर्न सकिने जानकारी दिइएको छ । सो कारको स्पिड ८८.५ किलोमिटर प्रतिघन्टा रहेको छ । क्याडिलाक एक इलेक्ट्रिक कार हो जसमा ९० किलोवाटको मोटर समावेश गरिएको छ ।

उड्ने कार क्याडिलाकको बडी निकै हल्का रहेको छ । यसमा जीएम अल्टियम ब्याट्री प्याक र चार रोटर समावेश गरिएको छ । कारको अगाडि र पछाडि स्लाइडिङ ढोका जडान गरिएको छ । कारमा बायोमिट्रिक सेन्सर, भ्वाइस कन्ट्रोल र हातको इशारामा चल्ने विशेषता समावेश गरिएको छ । कारको भिडियो सार्वजनिक गर्ने समयमा सो कार चाँडै नै लन्च हुने घोषणा गरिएको थियो ।

म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका इन्जिनियरहरुले भविष्यमा हरेक घरमा ड्राइभिङ ड्रोन हुने जानकारी दिएका छन् । विश्वविद्यालयका कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स ल्याबका टिमले ८ मिनी क्वाडकोप्टरमा टायर जडान गरी ड्राइभिङ र उडानमा परीक्षण गरिरहेका छन् । कार्डवोर्ड र फेब्रिकबाट बनेको सो सानो ड्रोनले शहरको चारैतिर उडान भरेको थियो ।

इन्स्टिच्यूटका अनुसार फ्लाइङ कारको तुलनामा बिना पाङग्राको ड्रोनले १४ प्रतिशत बढी दुरी तय गर्न सकिन्छ । वैज्ञानिकहरुले पनि फ्लाइङ कारको तुलनामा ड्रोन राम्रो विकल्प भएको स्वीकार गरेका छन् ।

चीनमा विकसित गरिएको ह्याग १८४ अटोनोमस एरियल भेइकल एक क्वाडकोप्टर जस्तो अल इलेक्ट्रिक विमान हो । यसमा एक सिट मात्र रहेको छ । विशेषगरी व्याट्रीबाट चल्ने ड्रोन कम्प्याक्ट र पर्यावरणको लागि अनुकूल हुनुका साथै शहरी वातावरणको लागि उपयुक्त हुन्छ ।नेपाल अटो