११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


ट्रायल पास भएको भोलिपल्टै स्मार्ट लाइसेन्स : मन्त्री महासेठ


0
Shares

काठमाडौं, साउन ६ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अबको एक महिनाभित्र स्मार्ट लाईसेन्स लागू गर्ने भन्दै ट्रायल पास भएको भोलिपल्टै स्मार्ट लाइसेन्स वितरण गर्ने दाबी गरेका छन् ।

आइतबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले लाइसेन्सको बिल भुक्तानीका लागि इ–बैंकिङ तथा एसएमएस सेवा सुरु गर्ने दाबी पनि गरे ।

यातायात क्षेत्रसँग सम्बन्धित संघ–संस्था र समितिको चल, अचललगायत सम्पत्ति सरकारको मातहत रहने उनको भनाइ थियो ।

यातायात क्षेत्रको ‘सिन्डिकेट’ खारेज हुन नसकेको र मन्त्री महासेठले सिन्डिकेट राख्न चलखेल गरेको आरोप लागिरहेका बेला उनले सिन्डिकेट खारेज भइसकेको दाबी पनि गरे ।