
काठमाडौं, माघ ११ । नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार १ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २७० जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ४५० पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७० जनामा संक्रमण संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ४०३ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै हालसम्म संक्रमणमुक्त हुने २ लाख ६४ हजार १ सय ३७ जना छन् ।
२४ घण्टामा काठमाडौं उपत्यकामा १३३ जना संक्रमित थपिएका छन् ।
हाल देशभर ३ हजार ३ सय १२ सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा ४ हजार ४ सय १३ जनाको पीसीआर गरिक्षण भएको हो ।
प्रतिक्रिया दिनुहोस्