३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


यो वर्ष एमबीबीएसको शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन


0
Shares

pm oli addresse to prawasi nepali

काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिकसत्र २०७७/०७८ मा एमबीबीएस कार्यक्रमका लागि शुल्क बढाउन गरेको प्रस्ताव अगाडी नबढाउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।

आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले विभिन्न कारण देखाउँदै एमबीबीएस शुल्क ४० लाखबाट वृद्धि गरी ४८ लाख रुपैयाँ सिफारिस गरेको थियो । तर, आयोगका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष शुल्क नबढाउन निर्देशन दिनुभएको हो ।

कोरोना कहरले थला परेको अवस्थामा शुल्कवृद्धि गर्दा नकरात्मक असर पर्ने भएकाले शुुल्क बढाउनु उचित नहुने प्रधानमन्त्री ओलीको तर्क थियो । सिफारिस समितिले १७ विषयमध्ये अधिकांशमा शुल्क बढाउने सिफारिस गरेको थियो ।

यो पनि पढ्नुहोस्– फेरि तोडियो गोविन्द केसीसँगको सहमति, ८ लाख शुल्क बढाउन सिफारिस