एनसेलले कोटेश्वरदेखि कलंकी सडकखण्ड हरियाली गर्दै • Image Khabar Image Khabar


एनसेलले कोटेश्वरदेखि कलंकी सडकखण्ड हरियाली गर्दै


Imagekhabar
९ माघ २०७७, शुक्रबार १९:५८

एनसेलले कोटेश्वरदेखि कलंकी सडकखण्ड हरियाली गर्दै

काठमाडौं, माघ ९ । एनसेल आजियाटा लिमिटेडले सामाजिक जिम्मेवारी अन्तर्गत वन तथा भु–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वरदेखि कलंकी सडकखण्डको १०.२ किलोमिटर ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दैछ ।

एनसेलले कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रीन बेल्ट क्षेत्रमा ल्याण्ड स्केपिङ सहित हरियाली निर्माण र संरक्षणको काम गरिहेको हो ।

यस क्षेत्रमा हरियाली विकासका साथै पाँचवर्षसम्म यो खण्डमा रहेका ६,००० भन्दा बढि रुखबिरुवाको हेरचाहगर्दै ग्रीन बेल्टको संरक्षणको काम पनि गर्ने कम्पनीले जनाएको छ ।

वातावरण संरक्षण पहलअन्तर्गत नै रही एनसेलले काठमाडौं महानगरपालिकामा एक हरित पार्क पनिनिर्माण गर्न लागेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्