३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


साँघुरो गल्लीमा मान्छे जम्मा गरेर आमसभा हुँदैन माघ २३ गते हेर्नुहोला : प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, माघ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आमसभा कस्तो हुन्छ भन्ने कुरा आफूले माघ २३ गते देखाइदिने बताउनु भएको छ ।

शुक्रबार दाहाल–नेपाल नेतृत्वको नेकपाले गरेको विरोध प्रदर्शनतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहको भेलालाई साँघुरो गल्लीमा जम्मा गरेको भीडको संज्ञा दिनुभयो ।

साँघुरो गल्लीमा केही मान्छे जम्मा गर्दैमा आमसभा हुँदैन भन्दै उहाँले आमसभा कस्तो हुन्छ भन्ने माघ २३ गते आफुहरुले देखाउने बताउनुभयो ।

शुक्रबार काठमाडौंमा पेसागत विशेष जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा कुनै पनि हालतमा पुनस्र्थापना नहुने भन्दै निर्वाचनको तयारीमा लाग्नुपर्नेमा जोड दिनुभयो ।