२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


हाते कागजबाट तीन लाख आम्दानी


0
Shares

पाँचथर । हाते कागजको ब्यापार गर्दै आएका पाँचथरका स्थानीय माग बढ्दै गएपछि यसको ब्यवसायीकतातर्फ आकर्षित भएका छन् । हाते कागजबाट राम्रो आम्दानी हुने भएपछि फिदिम लालीखर्कका स्थानीय हाते कागज बनाउन आकर्षित भएका हुन् ।

हाते कागज बनाउनका लागि आवश्यक कच्चा पदार्थ अर्गेली प्रशस्त मात्रामा पाईने, अन्य घरायसी काम सँगै यो काम गर्न सकिने र राम्रो आम्दानी गर्न सकिने भएको हुँदा यस क्षेत्रका स्थानीयहरु हाते कागजप्रति आर्कषित भएका हुन् ।

हातेकागज जिल्लाका सरकारी कार्यालयमा प्रयोग हुने गरेको छ भने बाहिरी जिल्लामा समेत निर्यात हुने गरेको छ । पछिल्लो समय यस क्षेत्रका झण्डै २ सय परिवारले हाते कागज उद्योग सञ्चालन गरेका छन् ।

हाते कागजबाट बार्षिक २ लाख देखि ३ लाख रुपैयाँ सम्म आम्दानी हुने गरेको स्थानीय धनकुमारी राईले बताउनुभयो । २ वर्ष अघि बाट जापानले जापनी मुद्रा ऐन बनाउन सहकारी मार्फत अर्गेली समेत लैजाने गरेपछि लालीखर्क लगायत अर्गेली उत्पादन हुने जिल्लाका कृषकहरु हर्षित भएका हुन् ।