
काठमाडौं, माघ ८ । महिला सिपाही राधिका थापा नेपाली सेनाको प्रतिबिद्रोह तथा जङ्गल युद्धकला तालिम लिने पहिलो महिला सिपाही बनेकी छन् ।
उनले करिब तीन महिना लामो सो तालिम पुरा गर्ने पहिलो महिला सिपाही रहेको सेनाले जनाएको छ ।
सिन्धुपाल्चोक मेलम्ची, थापाटोल निवासी राधिका वि.स. २०६९ असार १५ गते सेनाको सैन्य दर्जाबाट सेवा प्रवेश गरेकी थिइन ।
प्रतिबिद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कार्यरत थापाले तीन महिने तालिममा जंगल नेभिगेशन, धराप निर्माण, सर्पदंश व्यवस्थापन लगायत जंगलमा हुन जोखिम व्यवस्थापन सम्वन्धी तालिम लिएकी थिइन ।
प्रतिक्रिया दिनुहोस्