२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


समयमै काम नसक्ने ठेकदारलाई कारवाही, एक करोड २२ लाख जरिवाना


0
Shares

पाँचथर । तोकिएको समयमा काम सम्पन्न नगरेका मध्यपहाडी लोकमार्ग आयोजनाका ठेकेदारबाट एक करोड २२ लाख रुपैयाँ जरिवाना असुली गरिएको छ ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पाँचथर फिदिमले निर्धारित समयमा काम सम्पन्न नगरेको भन्दै लोकमार्गको विभिन्न खण्डको ठेक्का लिएका पाँच निर्माण कम्पनीबाट रकम असुली गरेको हो ।

आयोजना प्रमुख अभिमनदास मुल्मीका अनुसार सम्झौतामा तोकिएको समयमा सडक र पुल निर्माण सम्पन्न नगरेका निर्माण कम्पनी कारवाहीमा परेका हुन् ।

कारवाहीमा पर्नेमा तेह्रथुमको खोरुङ्गा खोलामा पुल निर्माणको जिम्मा लिएको कोशी एण्ड न्यौपाने कन्स्ट्रक्सन, इलाइट कन्स्ट्रक्सन, गौरा त्रिशूली जेभी कन्स्ट्रक्सन, हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सन र एरिमा कन्स्ट्रक्सन रहेका छन् ।