मुख्यमन्त्री राईकी २६ वर्ष कान्छी बेहुली (फोटोफिचर) • Image Khabar Image Khabar


मुख्यमन्त्री राईकी २६ वर्ष कान्छी बेहुली (फोटोफिचर)


Imagekhabar
८ माघ २०७७, बिहीबार १५:०३

मुख्यमन्त्री राईकी २६ वर्ष कान्छी बेहुली (फोटोफिचर)

काठमाडौं । पछिल्ला केही दिनयता प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको चर्चा चुलिएको छ । राजनीतिमा सक्रिय उनको राजनीतिक प्रसङ्गमा नभइ व्यक्तिगत जीवनको विषय चर्चामा आएको हो ।

राईको यहि माघ ११ गते विवाह गर्न लागेसँगै चर्चा भएको हो । विवाह हुनु सामान्य नै हो तर आफूभन्दा २६ वर्ष कान्छी युवतीसँग विवाह हुन लागेकाले उहाँको वैवाहिक जीवनको विषयमा आवश्यकता भन्दा बढी चर्चा भएको हो ।

४९ वर्षीय शेरधन राईले आफूभन्दा २६ वर्षभन्दा कान्छी मिस मंगोल २०१८ जाङमु शेर्पासँग विवाह गर्न लाग्नुभएको हो । मुख्यमन्त्री राईको पुर्ख्यौली घर भोजपुर हो भने जाङमुको संखुवासभा हो । आमाबुवा अमेरिकामा बस्दै आएकी जाङमु अहिले भने काठमाडौं बस्दै आउनुभएको छ ।

मुख्यमन्त्री राईको सचिवालयले विवाह हुन लागेको जानकारी दिए पनि बेहुलीको बारेमा अहिलेसम्म खुलासा गरेका छैनन् । यद्यपि विभिन्न मिडियाले जाङमुको बारेमा पत्ता लगाएका हुन् । उहाँले विषयमा मिडियामा आएपछि भने मुख्यमन्त्री राई मौन हुनुहुन्छ । उहाँले यसको सन्दर्भमा अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिनुभएको छैन ।

राजनीतिक उतारचढावका कारण वैवाहिक जीवनको विषयमा सोच्न नभ्याएका बताउँदै आउनुभएका मुख्यमन्त्री राईकाे व्यक्तिगत जीवन भने बेलाबेलामा बिवादमा आइरहेकाे छ । कम्युनिष्ट नेता बालिका खड्काले राईले आफूमाथि वर्षौंदेखि यौनशोषण गर्दै आएको बताउँदै आएकी छन् । राईले भने बालिकाको आरोपको खण्डन गर्दै आउनुभएको छ ।

मुख्यमन्त्री राईकी २६ वर्ष कान्छी बेहुली (फोटोफिचर)
मुख्यमन्त्री राईकी २६ वर्ष कान्छी बेहुली (फोटोफिचर)
मुख्यमन्त्री राईकी २६ वर्ष कान्छी बेहुली (फोटोफिचर)
मुख्यमन्त्री राईकी २६ वर्ष कान्छी बेहुली (फोटोफिचर)
मुख्यमन्त्री राईकी २६ वर्ष कान्छी बेहुली (फोटोफिचर)
मुख्यमन्त्री राईकी २६ वर्ष कान्छी बेहुली (फोटोफिचर)
मुख्यमन्त्री राईकी २६ वर्ष कान्छी बेहुली (फोटोफिचर)
मुख्यमन्त्री राईकी २६ वर्ष कान्छी बेहुली (फोटोफिचर)

सबै तस्वीर– जाङमु शेर्पाको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्