१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


कन्याममा पुग्ने पर्यटकका लागि घोडचढीको मज्जा


0
Shares

इलाम । प्रदेश १ को पर्यटकीय क्षेत्रको रुपमा परिचित इलामको कन्याममा घोडचढी व्यवसायले समेत पर्यटन प्रवन्द्धनमा सघाउ पुर्‍याउन थालेको छ ।

कन्याम चिया बगान र प्राकृतिक मनोरम क्षेत्र भएका कारण पनि आन्तरिक तथा बाह्य पर्यटकका लागि आर्कषणको केन्द्रका रुपमा रहँदै आएको छ ।

पछिल्लो समयमा कन्याम आउने पर्यटकहरुका लागि घोडचढी मुख्य आकर्षण बन्न थालेको हो ।

घोडचडी धेरै क्षेत्रमा लोप भइसकेको छ । तर इलामको कन्याममा भने अहिले दैनिक रुपमा घोडचढी सेवा उपलब्ध रहेको छ ।

बिगत केही बर्षदेखि सो क्षेत्रमा घोडचढी ब्यबसायी संघ नै गठन गरेर ब्यबसायकै रुपमा सञ्चालन गरिएको छ ।

हाल त्यस क्षेत्रमा ३ दर्जन भन्दा बढी घोडाहरु उपलब्ध रहेका छन् । हरेक दिन एउटा ब्यवसायीले पालोमा घोडाबाट दृश्यावलोकन गरेर १ हजार बढी आम्दानी गर्दै आएका छन् ।

घोडचढी व्यवसायले इलाममा आम्दानी र पर्यटकीय सम्भावना दुबैलाई मद्धत पुर्‍याएको व्यवसायीहरु बताउँछन् ।

नेपाल भ्रमण बर्ष २०२० लाई समेत पर्यटक भित्राउन यस व्यवसायले ठुलो भूमिका निर्बाह गर्ने व्यवसायीहरुको भनाइ छ ।

कन्याममा घोडा चढेर फोटो खिचेको ५० र घोडा चढेर घुम्नेका लागि  एक सय शुल्क निर्धारण गरिएको छ ।

दैनिक हजारौंको संख्यामा पर्यटकहरु इलाम घुम्न आउने गरेका छन् ।