
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काँग्रेसले आज देशभरीका वडाहरुमा प्रदर्शन गर्दैछ ।
असंवैधानिक रुपमा भएको संसद विघटनका विरुद्ध देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना गरिएको नेपाली काँग्रेसले जनाएको छ ।
काँग्रेसले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।
अब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर सफल बनाउन काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपील गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्