हेटौंडा, भदौ ९ । प्रदेश नम्बर–३ को प्रदेशसभा बैठक दुई महिनापछि सोमबार हेटौंडामा बसेको छ ।
गएको असार १२ गते आर्थिक वर्ष २०७६/७७ को बजेट पारित गरेसँगै स्थगित बैठक सोमबार बसेको हो ।
बैठकको विशेष समयमा बोल्दै सांसदहरुले प्रदेशको नामाकरण र राजधानी छिटो टुंग्याउन सरकार र प्रदेशसभासमक्ष माग गरे ।
प्रदेशको नामाकरण टुंग्याउन ढिलो भइसकेको भन्दै सांसदहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।
यस्तै, बैठकले प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी विधेयक, प्रदेशसभा सन्चालनसम्बन्धी संशोधन विधेयक, सार्वजनिक नीजि सहकारी साझेदारीसम्बन्धी विधेयकहरुको सैद्धान्तिक छलफल समाप्त भइ संसदीय समितिमा पठाइएको छ ।
प्रदेशसभाको अर्को बैठक मंगलबार बस्नेछ ।




प्रतिक्रिया दिनुहोस्