१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


त्रिविको बजेटसभा बस्न नसक्दा काम–कारबाही प्रभावित


0
Shares

काठमाडौं, भदौ ९ । त्रिभुवन विश्वविद्यालयको बजेटसभा बस्न नसक्दा काम–कारबाही प्रभावित बनेको छ ।

साउनको अन्तिमसम्म बसिसक्नुपर्ने बजेटसभा हालसम्म बस्न नसक्दा कर्मचारीको तलबसमेत रोकिने अवस्था आउने त्रिविका कर्मचारीले जानकारी दिएका छन् ।

त्रिविका पूर्वउपकुलपति डा. तीर्थ खनियाँको गएको शुक्रबारदेखि पदावधि सकिएको छ ।

खनियाँले नयाँ उपकुलपति आएर बजेटसभा आयोजना गर्नुपर्ने भन्दै पन्छिएका कारण समस्या भएको कर्मचारीहरुले बताएका छन् ।

खनियाँको पदावधि सकिएपछि सरकारले शिक्षाअध्यक्ष सुधा त्रिपाठीलाई तीन महिनाका लागि कायममुकायम मुकरर्र उपकुलपतिको जिम्मेवारी दिएको छ ।

प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बजेटसभा बस्नुपर्ने कानुनी प्रावधान छ ।

तर, प्रधानमन्त्री ओली उपचारकाक्रममा सिंगापुरमा रहेकाले थप छलफल हुन बाँकी रहेको त्रिपाठीले बताइन् ।