१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सरकारी कर्मचारीको १ दिनमै ८ छाक खाना!


0
Shares

काठमाडौं । सामान्यतया मान्छेले दिनमा कति पटक खान सक्ला बढीमा ३ पटक । दोलखाको एक सरकारी कार्यालयका कर्मचारी भने दिनमा ८ छाक खाँँदा रहेछन् ! जिल्ला समन्वय समिति दोलखाका कर्मचरी लक्ष्मी कार्की २०७७ असार ६ गते योजना अनुगमनका लागि एक दिनलाई गाडी भाडामा लिएर जिरी नगरपालिका गएकी थिइन् ।

त्यही दिन बेलुका फर्किएकी उनले खानाबापत ८ छाकको २ सय ७० रुपैयाँको दरले २ हजार १ सय ६० रुपैयाँ भुक्तानी लिएको पाइएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका)ले आन्तरिक लेखापरीक्षणमा यस्तो फेला पारेको हो । ‘यसलाई नियमित भन्न सकिन्नँ’, कोलेनिका दोलखाका प्रमुख शिवनाथ पौडेलले भने ।

कार्कीले त्यसअघि असार १ र २ गते जिरी नगरपालिकाकै अनुगमन गरेकी थिइन् । उनले दुई दिनमा होटलका चार कोठा लिएकी थिइन् । र १० छाक खाना खाएको देखाएकी थिइन् । त्यसबापत ९ हजार रुपैयाँ भुक्तानी लिएको पाइएको प्रमुख पौडेलले बताए ।

उनैले २०७७ असार ३ गते तामाकोसी गाउँपालिकामा दुई दिन अनुगमन गर्दा उसरी नै चार कोठा र १० छाकमो बिल पेश गरिन् । अन्नपूर्ण