ललितपुर महानगरबाट पाटन अस्पताललाई १ करोड रुपैयाँ सहयोग • Image Khabar Image Khabar


ललितपुर महानगरबाट पाटन अस्पताललाई १ करोड रुपैयाँ सहयोग


Imagekhabar
६ माघ २०७७, मंगलवार १७:३०

ललितपुर महानगरबाट पाटन अस्पताललाई १ करोड रुपैयाँ सहयोग

काठमाडौं, माघ ६ । ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई नयाँ अक्सिजन प्लान्ट स्थापनाका लागि एक करोड रुपैयाँ सहयोग गरेको छ ।

सहयोग सम्झौतापछि महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पताल ललितपुरको गौरव रहेको भन्दै आगामी दिनमा आवश्यक थप सहयोग दिँदैजाने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर रवि शाक्यले महानगरपालिकाले गरेको सहयोगलाई आफुले सहयोग मात्र नभै उत्कृष्ट उपहारको रुपमा लिएको बताउनुभयो ।

ललितपुर महानगरपालिकाले निकट भविष्यमै पाटन अस्पताललाई शव गृह निर्माणको लागि सहयोग गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्