२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


महिला कर्मचारीले छुट्टी माग्दा अनैतिक सम्बन्ध राख्न दबाव


0
Shares

एजेन्सी । महिला कर्मचारीले छुट्टी माग्दा भारतको जोधपुर नगर निगमका एक अधिकारीले अनैतिक सम्बन्ध राख्न दबाव दिएको खुलासा भएको छ । अधिकारीको अडियो सार्वजनिक भएपछि त्यहाँका महिला कर्मचारीहरूले उनलाई कुटपिट गरेको आजतकले उल्लेख गरेको छ ।

नगर निगमकी एक महिला कर्मचारीको दाइ बिरामी भएर छुट्टी माग्न गएकी थिइन् । छुट्टी माग्दा अधिकारी आफूसँग जानुपर्ने र अनैतिक सम्बन्ध राख्नुपर्ने दबाव दिएका थिए । महिलासँग उक्त कुराकानीको अडियो रेकर्डिङ पनि सार्वजनिक गरेकी छन् ।

यसै दौरान उनको भाइको मृत्यु भइसकेको थियो । मृत्यु पछि उनले आफ्ना सहकर्मीहरूलाई यो कुरा भनेकी थिइन् । आक्रोशित महिलाको भीडले नगर निगमका कर्मचारी धर्मेन्द्र गहलोतमाथि कुटपिट गरेका थिए । पीडित महिलाले यसअघि पनि छुट्टी माग्दा अनैतिक सम्बन्ध राख्न दबाव दिने गरेका थिए ।