Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


नवौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता भदौ २४ देखि


0
Shares

काठमाडौं, भदौ ८ । नवौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता ईटहरीमा हुने भएको छ ।

नेपाल खेलकुद महासंघको तत्वावधान तथा राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा हुने प्रतियोगिता यही भदौ २४ देखि २८ गतेसम्म ईटहरी रंगशालास्थित नवनिर्मित कभर्डहलमा हुने भएको हो ।

प्रतियोगितामा पुरुष उच्च १६ वरियता तथा महिला उच्च १२ वरियताको एकल हुनेछ । त्यसबाहेक पुरुष तथा महिला एकल, खुला पुरुष तथा महिला युगल, १७ वर्ष मुनिको छात्र तथा छात्रा एकल तथा ४५ वर्ष माथिको पुरुष भेट्रान्स युगल गरी १० स्वर्ण पदकका लागि करीव एक सय ९० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

पुरुषतर्फ उच्च १६ वरियता तथा महिलातर्फ उच्च १२ वरियतामा रहेका खेलाडबीच एकल प्रतिस्पर्धा हुन लागेको हो ।

उच्च वरियता बीचको पुरुष तथा महिला एकलका शीर्ष तीन विजेताले ५० हजार, २५ हजार र १२ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने छन् ।