१९ मंसिर २०८०, मंगलबार | Wed Dec 6 2023


हलियाका नाममा करोडौं रुपैंयाँ भ्रष्टाचार भएको खुलासा(भिडियो)


0
Shares

-टेकराज अवस्थी/ईमेज:

डडेल्धुरा । हलियाका नाममा आएको करोडौं रकममा भ्रष्टाचार भएको डडेल्धुराका हलिया अगुवाहरुले बताएका छन् ।

२०६५ सालमा मुक्त भएका सुदूरपश्चिमका हलियाहरुलाई पुनस्र्थापना गर्ने भन्दै २०७१ देखि हलिया समुदायको सामाजिक विकास तथा गाँसबास र कपासको व्यवस्थाका लागि संचालन भएको मुक्त हलिया पुनस्र्थापना कार्यक्रममा हलियाहरुका लागि घर बनाउने कार्यक्रममा टाठाबाटाले कमिसन खाएको रहस्य खुलेको हो ।

मुक्त हलियाका नाममा आएको करोडौं रकममा भ्रष्टाचार भएको रहस्य खुलेको छ ।

हलियाहरुका लागि आएको रकममा भ्रष्टाचार भएको स्वीकार्दै जिल्ला हलिया मुक्त समाजका अध्यक्ष तुलाराम सार्कीले यथार्त अध्ययन र अनुगमन गरि कानूनी दायरामा ल्याउनु पर्ने बताउँछन् ।

डडेल्धुरामा २५ सय ५१ घरधुरी हलिया भएको भध्ये १८ सय ९५ को प्रमाणिकरण भएर परिचयपत्र पाएकाहरुमा आर्थिक वर्ष २०७४/०७५मा जग्गा खरिद, घर मर्मत तथा घर निर्माण कार्यका लागि पाएको रकम मध्ये लाभान्वितहरुलाई सहजीकरण गर्ने निहुँमा जनहि २० हजार असुल्न थालेपछि विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दासम्म पुगेको मालपोत कार्यालयका प्रमुख अशोक सार्की बताउँछन् ।

जग्गाको स्वामित्व नभएका हलियाहरुलाई आवश्यक बसोबासको व्यवस्था गर्न कानूनी सुविधाका लागि भूमि सुधार तथा व्यवस्था मन्त्रालयअन्र्तगत मालपोत कार्यालय डडेल्धुरालाई अख्तियारी दिईए अनुसार भएको कारोबारमा मालपोत कार्यालयमा कार्यरत कर्मचारी, हलिया महासंघका पदाधिकारीहरु, राजनीतिक दलहरु र सञ्चारकर्मी सहितको संलग्नता रहेको खुलासा भएको हो ।

जिल्लामा मुक्त हलियाहरुका लागि आएको २४ करोड मध्ये ३ करोड ३८ लाख रकम अनियमितता हुँदा पनि डडेल्धुराका स्थानीय तह र जनप्रतिनिधि अनभिज्ञ रहेका मात्र छैनन् स्थानीय राजनीतिक दलहरुलगायत कार्यक्रममा समाबेश गरिदिन घुस दिने अधिकांश हलियाहरु पनि मौन बसेका छन् ।

हलिया पुर्नस्थापनामा भएको अनियमितताका सम्बन्धमा सम्बन्धित व्यक्ति तथा सरोकारवालाहरुसँग जिल्ला प्रशासन कार्यालयमा छलफल गर्दा गरीब र लक्षित बर्गसम्म कार्यक्रम न्यायिक रुपमा पहुँच नहुनु दुर्भाग्यपूर्ण रहेको भन्दै निष्पक्ष छानविन गरी दोषिमाथि कारवाही गर्न जरुरी छ ।