नयाँ युगको यात्राका लागि प्रतिनिधिसभा विघटन– मुख्यमन्त्री पोखरेल • Image Khabar Image Khabar


नयाँ युगको यात्राका लागि प्रतिनिधिसभा विघटन– मुख्यमन्त्री पोखरेल


Imagekhabar
४ माघ २०७७, आईतवार १०:१७

नयाँ युगको यात्राका लागि प्रतिनिधिसभा विघटन– मुख्यमन्त्री पोखरेल

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले नयाँ युगको यात्राका लागि प्रतिनिधिसभा विघटन भएको बताउनुभएको छ । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले पुष्पकमल दाहाल प्रचण्डले भनेको जस्तो प्रतिनिधिसभाको हत्या नभएको जिकिर गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले नयाँ जनादेशमार्फत जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधिको बलियो उपस्थिति रहने गरी नयाँ संसदको खोजी भएको बताउनुयो । उहाँले दाहाल–नेपाल समूहले भनेको जस्तो संसदको हत्या गरेको वा मासेको भन्नु गलत रहेको समेत बताउनुभयो ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘प्रचण्ड कमरेडहरुले भनेझै संसद मासेको÷संसदको हत्या गरेको नभै नया जनादेश मार्फत जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधिको बलियो उपस्थिति रहने नया संसदको खोजी भएको हो, नया युगतर्फको यात्राका लागि ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । प्रतिनिधिसभा विघटन भएपछि नेकपा विभाजन भएको छ । कानुनी रुपमा विभाजित नभए पनि नेकपमा अहिले दुई खेमा छ ।

प्रधानमन्त्री पक्षले प्रतिनिधिसभा संवैधानिक भन्दै निर्वाचनको तयारीमा जुटेको छ भने दाहाल–नेपाल समूह प्रधानमन्त्रीले असंवैधानिक कदम चालको भन्दै सडक संघर्षमा छ । सर्वोच्च अदालतमा पनि मुद्दाले प्रवेश पाएको छ । आइतबारदेखि प्रतिनिधिसभा विघटनविरुद्धमा परेका १३ वटा रिटमा निरन्तर सुनुवाइ हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्