२३ मंसिर २०८०, शनिबार | Sat Dec 9 2023


ज्योतिषी हरिहर अब फिल्मको हिरो


0
Shares

काठमाडौं । ज्योतिष पेशाबाट प्रसिद्धी हासिल गरिसकेका ज्योतिषी हरिहर अधिकारी अब ‘शुभलभ’ फिल्मबाट डेब्यू गर्ने भएका छन् ।

प्रदिपकुमार उदयको प्रस्तुतीमा बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा तयार हुने फिल्ममा २०१७ की मिस टिन कृष्टिन पौडेलसँग हरिहर पर्दामा देखिने छन् ।

हरिहर स्वयमले लेखेको कथामा बन्न लागेको फिल्मलाई सन्तोषबाबु लोहनीले निर्देशन गर्नेछन् । पटकथा भने अभिमन्यू निरबीले तयार पारेका छन् ।

भदौ १५ देखि छायांकन हुने फिल्म काठमाडौंसहित पोखरा, इलाम, अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा खिचिने छ भने एक गीत भने दुबई र थाइल्याण्डमा खिचिने भएको छ ।

फिल्मको मुहुर्त साइतहरु ज्योतिषी डा.सुनील सिटौलाले साइत जुराइदिएका हुन् ।

कृष्टिन पौडेलसँगै साथमा डा.सूर्या थापा र कार्यकारी निर्माता प्रदिपकुमार उदय पनि अथितिको भूमिकामा रहनेछन् ।

रामेश्वर थापाको छायांकन रहने फिल्मको संगीत अर्जुन पोखरेलले गर्नेछन भने अन्जु पन्त र सुगम पोखरेलका दुई रहने छ ।

फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रवीद्र झा, प्रदीप बाँस्तोलालगायतका कलाकारको पनि अभिनय रहने छ ।

धर्मराज सुवेदीको निर्माणमा बन्न लागेको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी र रोशन भट्टराईको द्वन्द्व निर्देशन रहने छ ।