२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सुनको भाउ तोलाको ७२ हजार ५ सय पुग्यो


0
Shares

 

काठमाडौं । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।

आज एकै दिन तोलामा १२ सय रुपैयाँले बढेर तोलाको ७२ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

शुक्रबार तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर ८ सय ५० पुगेको महासंघले जनाएको छ ।