१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


खोज र उद्दारसम्बन्धी डेमोस्ट्रेशन गर्दै भूकम्प सुरक्षा दिवस मनाइयाे


0
Shares

चितवन । चितवनमा २३ औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ । भरतपुर १० स्थित गेष्टहाउस चौरमा भएको कार्यक्रममा नेपाली सेना श्री नम्वर २ विपद व्यवस्थापन गण रसौली ब्यारेक चितवनले भत्किएका संरचनामा खोज तथा उद्दारसम्बन्धी डेमोस्ट्रेशन गरेको थियो ।

यस्तै घाइतेहरुको पहिचान गर्ने तरिका, उद्दारमा प्रयोग हुने सामाग्री तथा सेनाले अपनाउने उद्दार प्रकृया देखाइएको थियो । नेपाली सेना, शसस्त्र, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटीको सहयोगमा उक्त अभ्यास देखाइएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले चितवन, भूकम्पीय जोखिममा पर्ने जिल्ला भएकाले सुरक्षित घरहरु निर्माणसँगै जनचेतना फैलाउनुपर्ने बताउनुभयो । २०७२ सालमा गएको भूकम्पमा चितवनमा ७ हजार ८ सय ६६ घरमा क्षति पुगेको थियो ।