५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024


चर्को मूल्य तिरेर धान बालीमा भारतीय मलको प्रयोग


0
Shares

सर्लाही । समयमा पर्याप्त मल नपाउँदा सर्लाहीका किसान चर्को मूल्य तिरेर धान बालीमा भारतीय मल प्रयोग गर्न बाध्य भएका छन् ।

सर्लाहीमा अहिले खुलेआम रुपमा भारतीय मलको किनबेच भइरहेको छ ।

भारतीय सीमा क्षेत्रमा तीन सय ५० भारतीय रुपैयाँमा पाइने ४५ किलोको एक बोरा युरिया मललाई यहाँ एक हजार दुई समय रुपैयाँसम्म तिर्नु परेको किसानले गुनासो गरेका छन् ।

जिल्ला सदरमुकाम मलङ्गवासहित ब्रह्मपुरी, पर्सा, हरिपूर्वा, चन्द्रनगर, ईश्वरपुरलगायत जिल्लाका किसानले चर्को मूल्य तिरेर भारतीय मल खरिद गर्न बाध्य भएका छन् ।

बजारमा नेपाली मल नपाइने भएकाले व्यापारीले भनेकै मूल्य तिरेर भारतीय मल खरिद गर्नुपर्ने बाध्यता रहेको हरिपूर्वा नगरपालिका–२, का किसान उमेश रायले गुनासो गरे ।

सीमा क्षेत्रमा खटिने नेपाल तथा सशस्त्र प्रहरीकै मिलोमतोमा भारतीय मल नेपाल भित्रिने गरेको स्थानीयको आरोप छ ।

उता सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विनोदराज श्रेष्ठले किसानको समस्यालाई मध्यनजर गरी आधा–एक बोरा मल ल्याउन दिइएको भए पनि बेच्नका लागि भारतीय मल ल्याउन कडाई गरीएको बताएका छन् ।