प्रतिनिधिसभा विघटन भारतको इशारामा गरेको हो ? : दाहाल • Image Khabar Image Khabar


प्रतिनिधिसभा विघटन भारतको इशारामा गरेको हो ? : दाहाल


Imagekhabar
२९ पुष २०७७, बुधबार १६:०३

प्रतिनिधिसभा विघटन भारतको इशारामा गरेको हो ? : दाहाल

काठमाडौं, पुस २९ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता टुट्नुमा ओली नै दोषी रहेको आरोप लगाउनुभएको छ ।

दाहाल–नेपालपक्षीय काठमाडौँ जिल्ला कमिटीद्वारा प्रज्ञा प्रतिष्ठानमा आयोजित भेलालाई सम्वोधन गर्दै दाहालले पार्टी एकता गर्दा हतार नगरेको दाबी गर्नुभयो ।

नेकपाको पछिल्लो केन्द्रीय कमिटी बैठकले पार्टीको विधान अनुसरण गर्दै अघि बढेको र आफूहरु नै पार्टीको मूल धार, विधि र संस्थागत भएको उहाँले दाबी गर्नुभयो ।

भेलालाई सम्वोधन गर्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा विघटन भारतको इशारामा गरेको हो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्नुभयो ।

दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय न्युज टिभी च्यानल जी न्युजलाई दिएको अन्तर्वार्ता नाटकमात्रै भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीको राष्ट्रवाद भारतीय गुप्तचरका प्रमुखसँगको भेटबाटै प्रस्ट भएको बताउनुभयो ।

दाहाल–नेपाल समूहको वृहत कार्यकर्ता भेला अहिले जारी छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध बुधबार नेपाल प्रज्ञा–प्रतिष्ठानामा बृहत् कार्यकर्ता भेलाको आयोजना गरेको हो ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा दोस्रो चरणको आन्दोलनमा रहेको उक्त समूहले बुधबार बागमती प्रदेशस्तरीय कार्यकर्ता भेला आयोजना गरेको हो ।

पुस ५ गते भएको प्रतिनिधिसभा विघटनसँगै राजनीतिक रुपमा पार्टी विभाजित भएपछि निरन्तर संघर्षका कार्यक्रम गर्दै आएको सो समूहले माघ २३ गतेसम्मका लागि दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्