Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


चोइटिएर गएको नेकपा आधिकारिक हैनः मन्त्री ठगुन्ना


0
Shares

डडेल्धुरा । सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नाले चोइटिएर गएको नेकपा आधिकारिक नभएको बताउनु भएको छ । जिल्ला दौडाहाको क्रममा सुदूरपश्चिमको डडेल्धुरा पुग्नु भएका मन्त्री ठगुन्नाले पार्टीभित्र अस्थिरता देखिने रुपहरु चोइटिएर गएको भन्दै प्रधानमन्त्री ओली नेतृत्वको नेकपा मूल पार्टी भएको दाबी गर्नुभयो ।

ओली समुहले आजै सुदुरपश्चिममा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना, सुदूरपश्चिम प्रदेशका निवर्तमान मन्त्री पठान सिंह बोहरा लगायतको उपस्थितिमा नेकपा बिस्तारित बैठकको कार्यक्रम पनि राखेको छ ।