प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाई हुँदै « Image Khabar


प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाई हुँदै


Imagekhabar
२९ पुष २०७७, बुधबार ०८:११

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाको संवैधानिक इजलासमा आज सुनुवाई हुँदैछ । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा पाँचजना न्यायाधिश रहेको संबैधानिक इजलासमा आज तेश्रो पटक सुनुवाइ हुन लागेको हो ।

गत पुष २२ गते कानुन व्यवसायीहरुले न्यायाधिशमाथि स्वार्थ बाझिने भन्दै इजलासमाथि नै प्रश्न उठाएपछी न्यायाधिश हरिकृष्ण कार्कीले यस मुद्दामा आफु नबस्ने निर्णय गर्नुभएको थियो ।

प्रतिनिधिसभा विघटनबिरुद्धका मुद्दा संवैधानिक इजलासले नै टुंगो लगाउने वा बृहत पुर्ण इजलास गठन गर्ने भन्नेमा अन्यौल छ । मुद्दाको सुनुवाई बृहत पूर्ण इजलासबाट हुनुपर्ने मागसहित रिट निवेदकहरुले याचिका दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्