मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ • Image Khabar Image Khabar


मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ


Imagekhabar
२८ पुष २०७७, मंगलवार १६:२८

मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ

काठमाडौं, पुस २८ । काठमाडौंमा मोटरसाइकल चोरी गर्ने २ जनाल पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटका २७ वर्षिय विजय तामाङ्ग र १८ वर्षिय आइतराज तामाङ्ग छन् ।

नागढुङ्गाबाट एक थान १५० सीसीको पल्सर मोटर्साइकल सहित महानगरीय ट्राफिक प्रहरी महाशाबाट खटिएका सादा पोसाकका प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

फेला परेको मोटरसाइकल र पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त कीर्तिपुर पठाइएको महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्