पोखरामा पृथ्वीजयन्ती मनाइयाे, र्‍यालीमा सहभागीका तीन माग « Image Khabar


पोखरामा पृथ्वीजयन्ती मनाइयाे, र्‍यालीमा सहभागीका तीन माग



पोखरा । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै पोखरामा २९९ औं पृथ्वीजयन्ती मनाइएको छ । राजतन्त्रको अन्त्यपछि पृथ्वीजयन्तीलाई पोखरामा अहिलेसम्मकै बढी तामझामका साथ मनाइएको हो ।

चिप्लेढुंगाबाट सुरु भएको झाँकीसहितको र्‍यालीले पोखरा बजार परिक्रमा गरी पृथ्वीचोकमा आएर सभामा परिणत भएको थियो । र्‍यालीका सहभागीहरूले राजा आउ देश बचाऊ, हिन्दू राष्ट्र कायम गर लगायतका नाराबाजी गर्दै पृथ्वीनारायण शाहको योगदानको स्मरण गरेका थिए ।

पृथ्वीजयन्ती मनाउने क्रममा पोखराको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । सभामा वक्ताहरूले मुलुकको समसामयिक परिस्थितिमा राजाको महसुस आवश्यक रहेको पनि बताएका थिए । सहभागीहरूले पृथ्वीजयन्तीको दिन सार्वजनिक बिदा सहित राजसंस्था पुन:स्थापना र हिन्दुराष्ट्र कायम गर्न जाेडदार माग गरेका छन् ।