पृथ्वी जयन्तीको अवसरमा गोरखाका स्थानीय तहहरूमा बिदा « Image Khabar


पृथ्वी जयन्तीको अवसरमा गोरखाका स्थानीय तहहरूमा बिदा


Imagekhabar
२७ पुष २०७७, सोमबार ०९:५४

गोरखा । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाका विभिन्न स्थानीय तहहरूले आज सार्वजनिक बिदा दिएका छन् ।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

गोरखा नगरपालिकाले तीन दिने कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउँदैछ । गोरखा संग्रहालयभित्र रहेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि छ ।

यस्तै राप्रपाले आज गोरखामा पृथ्वी जयन्ती मनाउँदैछ । राप्रपा अध्यक्ष कमल थापा उक्त कार्यक्रममा सहभागी हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्