Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


साविक विजेता रेडस्टार फाइनलमा


0
Shares

ताप्लेजुङ, भदौ ५ । साविक विजेता झापाको रेडस्टार फुटबल क्लब ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा मोरङको डाँगीहाट क्लबलाई ‘टाइब्रेकर’मा ४–३ ले पराजित गर्दै रेडस्टार फाइनलमा पुगेको हो ।

निर्धारित् समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

रेडस्टारले अब उपाधिका लागि शुक्रबार एलाभेन एरोज फुटबल क्लब सुनसरीसित प्रतिस्पर्धा गर्नेछ । बुधबार भएको पहिलो सेमिफाइनलमा रेडहर्ष क्लब इलामलाई हराउँदै एलाभेन एरोज फाइनलमा पुगिसकेको छ ।

विजेताले तीन लाख ११ हजार र उपविजेताले एक लाख ५१ हजार रुपैयाँसहित ट्रफी पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका थिए ।