 
	    जनकपुरधाम, भदौ ५ । प्रदेश नम्बर–२ को प्रदेशसभा सचिवालयमा प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रस्ताव दर्ता गरिएको छ ।
प्रदेशसभा सचिवालयमा दलहरुले नाम र स्थायी राजधानी तोक्न बिहीबार प्रस्ताव दर्ता गराएसँगै प्रक्रिया अगाडि बढेको हो ।
राजधानीमा जनकपुरधामलाई तोक्न सबै दलका तर्फबाट समान प्रस्ताव आएपनि नामाकरणमा भने फरक–फरक प्रस्ताव दर्ता भएको छ ।
सत्तारुढ दल समाजवादी पार्टी र राजपाले प्रदेशको नाम ‘मिथिला’ हुनुपर्ने भनेका छन् ।
यस्तै, नेपाली कांग्रेसले पनि प्रदेशको स्थायी राजधानी जनकपुरधाम र प्रदेशको नाम ‘मिथिला–भोजपुरा’ हुनुपर्ने प्रस्ताव दर्ता गराएको छ ।
प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपाले प्रदेशको नाम ‘जानकी’ प्रस्ताव गरेको छ ।
नामाकरण प्रस्ताव र संशोधन प्रस्ताव अध्ययन गरी सरोकारवालाहरुसँग छलफल गरी सभामा प्रतिवेदन पेस गर्न एक विशेष संसदीय समिति बनाइनेछ । समितिले एक महिनाभित्र प्रतिवेदन प्रदेशसभामा पेस गर्नुपर्नेछ ।
प्रदेशसभामा पेस हुने प्रस्तावउपर गोप्य मतदान हुनेछ । मतदानपछि प्रस्तावको पक्षमा दुइतिहाइ मत आए प्रस्ताव पारित हुनेछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्