चुनावमा जान उपयुक्त : अध्यक्ष थापा « Image Khabar


चुनावमा जान उपयुक्त : अध्यक्ष थापा


Imagekhabar
२६ पुष २०७७, आईतवार १५:२७

पोखरा, पुस २६ । राप्रपा अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनमा आफु केही टिप्पणी नगर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटनमा आफ्नो कुनै प्रतिक्रिया नरहेको र यसको व्याख्या सर्वोच्चले गर्ने उहाँको भनाई छ ।

नेकपा नेतृत्वको सरकार असफल भइसकेको दाबी गर्दैै उहाँले ताजा जनादेशको लागि चुनावमा जान उपयुक्त हुने बताउनुभयो ।

फरक प्रसंगमा अध्यक्ष थापाले संवैधानिक राजतन्त्र पुनःस्थापना पार्टीको पहिलेदेखिको एजेण्डा भएको बताउनुभयो ।

यही एजेण्डा लिएर आफूहरु जनतामा जाने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्