
काठमाडौं, भदौ ५ । प्रधानमन्त्री केपी शर्मा ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।
बिहीबार पत्नी राधिका शाक्यसहित सहयोगी, निजी चिकित्सकका साथ उनी सिंगापुर प्रस्थान गरेका हुन् ।
सिंगापुर स्थित नेशनल युनिभर्सिटी अस्पतालमा उनको स्वास्थ्य परीक्षण र आवश्यक उपचार हुने जनाइएको छ ।
साउन १८ गतेदेखि २७ गतेसम्म प्रधानमन्त्री ओलीको सोही अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो । सो क्रममा मृगौलासम्बन्धी ‘एन्टीबडी’को मात्रा केहीबढी देखिएको बताइन्छ ।
प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहका अनुसार एन्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन प्रधानमन्त्री ओली फेरि सिंगापुर जानु परेको हो ।
प्रतिक्रिया दिनुहोस्