Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


धतुरो रोपेर सुन्तला खान पाइँदैन, कम्युनिष्टलाई भोट दिएर लोकतन्त्र बच्दैनः नेता केसी


0
Shares

Arjunnarshing kc congress

हेटौंडा, पुस २५ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले धतुरो रोपेर सुन्तला खान नपाइने र कम्युनिष्टलाई भोट दिएर लोकतन्त्र नबच्ने प्रष्ट भएको टिप्पणी गर्नुभएको छ ।

संसद विघटनविरुद्ध नेपाली कांग्रेसले आयोजना गरेको देशव्यापी विरोधसभाका क्रममा मकवानपुरको हेटौडामा नेता केसीले भन्नुभयो, ‘धतुरो रोपेर सुन्तला खान नपाएजस्तै कम्युनिष्टलाई मत दिएर लोकतन्त्र बच्दैन ।’

संसद विघटन गरेर नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भष्माशूरको रुप देखाएको भन्दै अब जनताले लोकतन्त्र विरोधी राणा र राजालाई इतिहासमा सीमित बनाएझै कम्युनिष्टलाई पनि सोही गतिमा पु¥याउनुपर्ने समय आएको बताउनुभयो ।

२००७ सालको क्रान्ति गर्ने, पञ्चायत ढाल्नेदेखि हजारौं जनतालाई मारेर राष्ट्रको सम्पत्ती तहसनहस बनाउने माओवादीसम्मलाई कांग्रेसले नै लोकतन्त्रमा बाटोमा ल्याएको भन्दै केसीले लोकतन्त्रको संवाहक कांग्रेस बाहेक अरु हुनै नसक्ने दाबी गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले संविधानले प्रधानमन्त्रीलाई संसद भंग गर्ने अधिकार नदिएको भन्दै केपी ओलीले संविधानमाथि खेलवाड गरेको आरोप लगाउनुभयो ।