२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


बाढीले डाइभर्सन बगायो


0
Shares

नुवाकोट, भदौ ५ । अविरल वर्षाका कारण आएको बाढीले नुवाकोटको गेर्खु खोलामा रहेको डाइभर्सन बगाएको छ ।

डाईभसन बगाउँदा पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ । एक बर्ष अगाडी पक्की पुल निर्माण नभएसम्मका लागि सवारी आवतजावत गर्र्न बनाइएको डाइभर्सन बाढीले बगाएको हो ।

ठेकेदारले पक्की पुल निर्माणमा गरेको ढिलाइका कारण सडक अवरुद्ध भएको हो । स्थानीयहरुले ६ महिनाका लागि डाइभर्सन निर्माण गर्न जग्गा उपलब्ध गराएका थिए । १३ महिना पुगिसक्दा समेत पक्की पुल निर्माण नभएकाले अब डाईभर्सन निर्माणका लागि जग्गा उपलब्ध नगराउने स्थानीयहरुले बताएका छन् ।

डाइभर्सन बगाएपछि रसुवागढीबाट आएका कन्टेनरहरु खोला पारी नै रोकिएका छन् ।