२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नयाँ वर्ष अफर : प्युअर ईभीका इलेक्ट्रिक स्कुटरमा २५ हजार छुट


0
Shares

काठमाडौं । हालै नेपाली बजारमा उपलब्ध नयाँ ब्रान्ड प्युअर ईभीका इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार रुपैयाँ सम्मको छुट पाइने भएको छ । यी स्कुटरमा नगद १५ हजार र एसेसरिजमा १० हजार सम्म छुट पाइने भएको हो ।

नेपालका लागि प्युअर ईभीको आधिकारिक वितरक ह्वाइट लोटस प्रालिले नयाँ वर्ष २०२१ को अवसरमा सो अफर ल्याएको जनाएको छ । दुई स्कुटर ई–प्लुटो ७जी र ई–ट्रान्स नियोमा यो अफर उपलब्ध छ । यी स्कुटरको मूल्य क्रमशः २ लाख ४९ हजार र २ लाख २९ हजार रुपैयाँ छ ।

इलेक्ट्रिक स्कुटरका लागि ८० प्रतिशत सम्म रकम फाइनान्समार्फत समेत प्राप्त गर्न सकिने र यसका लागि ३ वटा ए क्लास बैंकले सहयोग गर्ने गरी सम्झौता समेत भइसकेको ह्वाइट लोटस मोटर्सले जनाएको छ ।

काठमाडौं उपत्यका वाहेक बुटवल, चितवन, पोखरा लगायतका विभिन्न सहरमा समेत यी स्कुटर उपलब्ध हुने बताइएको छ ।

आईआईटी हैदरावादमा स्थापना भएर विकास भएको कम्पनी भएको र स्कुटर तथा ब्याट्री समेत आफै उत्पादन गर्ने कम्पनी भएकाले प्युअर ईभी धेरै विश्वसनिय भएको बताइएको छ ।

यी स्कुटर भारतको एआरएआईले समेत प्रमाणिकरण गरेको हुनाले भरपर्दो र विश्वसनिय भएको बताइएको छ ।नेपाल अटो