२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय नाघ्यो


0
Shares

काठमाडौं, पुस २३ । नेपालमा पछिल्लो २४ घण्टामा ४१२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१२ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४८३ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ५ हजार ५८ रहेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार १३२ जनाको पिसिआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मुत्यु हुनेको संख्या १९०३ पुगेको छ ।