बाग्मती सफाइ अभियानको ४०० हप्तामा विशेष कार्यक्रम « Image Khabar


बाग्मती सफाइ अभियानको ४०० हप्तामा विशेष कार्यक्रम


Imagekhabar
२२ पुष २०७७, बुधबार १९:३९

बाग्मती, पुस २२ । बाग्मती सरसफाई अभियानको ४०० हप्ताको अवसरमा राजधानीको सुन्दरीजल र तिनकुने बाग्मती किनारमा आगामी पौष २५ गते विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

बाग्मतीलाई पुर्नजीवन दिन र सफा राख्न अभियानमा नागरिक समाज एवं समाजका अगुवा व्यक्तिहरुको स्फूर्त स्वयंसेवाको भावनाले २०७० जेठ ५ गते देखि महाअभियान सुरु गरिएको थियो ।

तत्कालिन मुख्यसचिव लीलामणि पौडेलले महाअभियानमा अग्रसरता लिएपछि सरकारी र गैरसरकारी क्षेत्रको व्यापक सहभागितामा प्रत्येक शनिबार २ घण्टा बाग्मती नदि किनारामा सरसफाई तथा जनचेतना गर्ने काम भइरहेको छ ।

कार्यक्रममा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव प्रसाद तिमल्सेनाले लामो र निरन्तर चलिरहेको अभियानले नदीको सफाईमा सकरात्मक नतिजा देखा परेको बताउनुभयो ।

हाल ३ सय ९९ हप्ता पुगिसकेको सो अभियानमा करिब २० हजार टन नदिबाट फोहोर निकाली व्यवस्थापन गरिएको छ भने अभियानमा करिब १० लाखभन्दा बढिको जनसहभागिता भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्