Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


बर्डफ्लु नियन्त्रणका लागि पूर्वतयारी


0
Shares

काठमाडौं, पुस २२ । सरकारले बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारी थालिएको बताएको छ ।

केहीदिन अघि छिमेकी राष्ट्र भारतको पश्चिमोत्तर क्षेत्रमा बर्डफ्लु देखिएको छ ।

छिमेकी मुलुकमा बर्डफ्लु देखिएसँगै नेपाल सरकारले पनि रोकथाम तथा नियन्त्रणका लागि तयारी थालेको कृषि मन्त्रालयका पशुपन्छी महाशाखाका प्रमुख डा. विमलकुमार निर्मलले बताउनुभयो ।

उहाँले सीमा क्वारेन्टाइनलाई कडा बनाउन र प्रयोगशालालाई तयारी अवस्थामा राख्न दिर्नेशन दिएको जानकारी दिनुभयो ।

कृषि मन्त्रालयको बिराटनगर, जनकपुर, चितवन, धनगढी, सुर्खेतको प्रयोगशाला कोभिड परिक्षणको निम्ति प्रयोगमा दिइएको भन्दै उहाँले अहिले पशुपंक्षीमा पनि रोग आउने अवस्थामा स्वास्थ्य मन्त्रालयले उक्त प्रयोगशाला क्रमशः पशुपन्छी रोगकै परिक्षणका निम्ति दिनुपर्ने बताउनुभयो ।